निश्चल र प्राज्नाको जोडी क्वाटरफाइनलमा

  • Image नेप्लेज
  • २९ कार्तिक २०८३, आइतवार
  • 42 पटक हेरिएको
निश्चल र प्राज्नाको जोडी क्वाटरफाइनलमा

काठमाडौं । नेपाली टेबलटेनिस खेलाडी निश्चल थापा क्षेत्री र प्राज्ना महर्जनको जोडी अस्ट्रेलियामा जारी डब्लुटीटी युथ कन्टेन्डर बालार्याटको यु–१५ मिक्स डबल्समा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

निश्चल र प्राज्नाको जोडीले प्रिक्वाटरफाइनलमा फिलिपिन्सका किफर भेन र जोएलन सैमसनको जोडीलाई ५–११, ११–९, ९–११, १२–१० र १२–१० को सेटमा पराजित गरेको प्रशिक्षक राकेश महर्जनले जनाएका छन् ।

क्वाटरफाइनलमा निश्चल र प्राज्नाको जोडीले मलेसियाका ओङ खाई चेन र चोई के यिङ विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

त्यसअघि पहिलो चरणमा बाइ पाएका निश्चल र प्राज्नाको जोडीले दोश्रो चरणमा अस्ट्रेलियाका इभान चान र एलिसा येउङलाई ११–४, ७–११, १२–१०, ४–११ र ११–८ ले हराएका थिए ।

प्रतियोगितामा नेपालबाट निश्चल र प्राज्नासहित आभा प्रधान पनि सहभागी छिन् ।