काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कुशल भुर्तेलले चौथो अर्धशतक बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबारकाे दोस्रो खेलमा कुशलले काठमाडाैं गोर्खाजसँगको खेलमा २७ बलमा ४ छक्का र ५ चौकासहित ५० रन पूरा गरेका हुन्। उनको यो चौथो अर्धशतक हो।