अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

  • Image नेप्लेज
  • १७ कार्तिक २०८३, मङ्गलवार
  • 68 पटक हेरिएको
अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौं । अस्ट्रेलियाका अनुभवी अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ‘ए’ क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका हुन् । तर उनले बीग बास लिग (बीबीएल)मा मेलबर्न स्टार्सबाट खेल्नेछन् ।

म्याक्सवेलले गएको वर्ष एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिएका थिए । तर, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका थिए । दुई पटक एकदिवसीय विश्वकप जितेका म्याक्सवेलले सन् २०२१ मा अस्ट्रेलियालाई पहिलो पटक टी–२० विश्वकप च्याम्पियन बनाउने क्रममा विजयी पारी खेलेका थिए ।

म्याक्सवेलले अस्ट्रेलियाका लागि १३० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ८९७ रन बनाएका छन् । उनले ५१ विकेटसमेत लिएका छन् ।