एनपिएल सिजन–३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

  • Image नेप्लेज
  • ८ कार्तिक २०८३, आइतवार
  • 106 पटक हेरिएको
एनपिएल सिजन–३ : विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने भएको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो ।

प्रतियोगिता सोमबार (अक्टोबर २६) देखि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ ।

प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ ।

यस संस्करण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ भने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिनेछ । 


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ #टी-ट्वान्टी