एन्फा पूर्व अध्यक्ष शेर्पा चुनावी मैदानमा क्रम संख्या ४ मा मत दिन अपिल

  • Image नेप्लेज
  • २२ आश्विन २०८३, बिहिवार
  • 92 पटक हेरिएको
एन्फा पूर्व अध्यक्ष शेर्पा चुनावी मैदानमा क्रम संख्या ४ मा मत दिन अपिल

नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन हुँदै छ ।

विहान १० बजेदेखि हुने निर्वाचनमा अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि केन्द्रीय सदस्यका उम्मेदवार रहेका छन् । नेपाल विद्यार्थी संघ मीनभवनबाट राजनीतिक यात्रा सुरु गरेका शेर्पा तरूणदलमा पनि आवद्ध थिए । सधैं नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शेर्पा नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको पनि अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका शेर्पाले पार्टीको समावेशी संरचनाअन्तर्गत आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका उनको मत पत्रमा क्रम संख्या पनि ४ नै रहेको छ।

शेर्पाले नेपाली कांग्रेसलाई थप समावेशी, युवामुखी तथा खेलमैत्री पार्टीका रूपमा सुदृढ बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। खेलकुद क्षेत्रको विकास र यससँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरूलाई पार्टीको केन्द्रीय नेतृत्व तहमा प्रभावकारी रूपमा उठाउने उद्देश्यका साथ उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।