समृद्धिका कराते टोलीको बिदाइ सम्पन्न

  • Image नेप्लेज
  • १४ आश्विन २०८३, बुधवार
  • 108 पटक हेरिएको
समृद्धिका कराते टोलीको बिदाइ सम्पन्न

काठमाडौं । भारतको पुणेमा हुने आठौं विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुने आफ्ना खेलाडीलाई समृद्धि स्कुलले बिदाइ गरेको छ ।

अक्टोबर ५ देखि १० तारिखसम्म हुने प्रतियोगितामा समृद्धि स्कुलका मनिषा तामाङ, बन्दना तामाङ, सबिर श्रेष्ठ डंगोल र मेलिसा गुरुङ सहभागी हुँदै छन् । टोली व्यवस्थापकमा आयुषा नेपाली र रेफ्रीमा रवि शाही रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै समृद्धिका एकेडेमिक डाइरेक्टर चन्द्रमान महर्जन, इसीए डाइरेक्वटर बिकास शाही, ओपरेसन डाइरेक्वटर दिनेश महर्जन, भाइस प्रिन्सिपल विक्रम भारती र एडमिन म्यानेजर जमुना कार्कीले बिदाइ गरे ।

टोली बुधबार भारत प्रस्थान गर्नेछ । कार्यक्रममा विद्यालयका पदाधिकारीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तथा समृद्धि स्कुलको प्रतिनिधित्व गर्न जान लागेका खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना दिए।