मदन भण्डारी भलिबलमा खैरा क्लबको विजयी सुरुआत

  • Image नेप्लेज
  • १३ आश्विन २०८३, मङ्गलवार
  • 28 पटक हेरिएको
मदन भण्डारी भलिबलमा खैरा क्लबको विजयी सुरुआत

बुटवल, असोज १३ गते । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगितामा भारतको खैरा भलिबल क्लबले विजयी सुरुआत गरेकाे छ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारकाे पहिलो खेलमा खैराले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ काे सेटमा पराजित गरेकाे हाे। 

पहिलाे सेट २६–२४, २५–१८ ले आफ्नाे पक्षमा पार्दा तेस्राे सेटमा मणिमुक्न्दले २५–२२ ले आफ्नाे पक्षमा पार्दै खेल चाैथाे सेटमा थकेल्याे। तर, चाैथाे सेटमा २५–२० ले पराजित भएसँगै खेलमा खैराले बाजी बार्याे। 

समूह ए मा रहेकाे मणिमुक्न्दले दाेस्राे खेलमा श्रीलंकन पुलिससँग खेल्नेछ। यस्तै आजकाे दोस्रो खेलमा गल्कोट भलिबल क्लब र भारतको गुजराज स्र्पोटिङ क्लब, तेस्रो खेलमा श्रीलंका पुलिस क्लब र विभायीय टोली नेपाल पुलिस क्लब तथा चौथो खेलमा सभापोखरी भलिबल क्लब र नेपाल एपीएफ क्लब भिड्नेछन्। 

प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो १ः०० बजे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए। प्रतियोगिताको पहिलो दिन सोमबार सभापोखरी भलिबल क्लब र भारतको गुजराज स्र्पोटिङबिचको खेल कमजोर प्रकाशका कारण पहिलो सेटपछि रोकिएको थियो। असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा स्वदेशी र विदेशका गरी आठ टोलीको सहभागिता रहने छ। सहभागी टोलीलाई दुई समूहका विभाजन गरिएको छ। 

प्रतियोगिताको विजेता टोलीलाई रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ, उपविजेतालाई तीन लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष आचार्यले जानकारी दिए। 

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार नगदसहित सम्मान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।