एसियन गेम्स महिला भलिबल : कोरियालाई हराउँदै जापान फाइनलमा

  • Image नेप्लेज
  • ५ आश्विन २०८३, सोमवार
  • 180 पटक हेरिएको
एसियन गेम्स महिला भलिबल : कोरियालाई हराउँदै जापान फाइनलमा

काठमाडौं । आयोजक जापान २०औँ एसियन गेम्सअन्तर्गत महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ।

जापानले सोमबार भएको सेमिफाइनलमा दक्षिण कोरियालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो।

कोमाकीस्थित पार्क एरिना कोमाकीमा भएको खेलमा जापानले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो।

यसअघि भएको अर्को सेमिफाइनलमा चीनले थाइल्यान्डलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

अब महिला भलिबलको स्वर्ण पदकका लागि जापान र चीनबीच मंगलबार फाइनल हुनेछ। फाइनल जापानको समयअनुसार साँझ ७:२० बजे तथा नेपाली समयअनुसार ४:०५ बजे सुरु हुनेछ।