जोन डेवी र काष्ठमण्डप क्वाटरफाइनलमा

  • Image नेप्लेज
  • ५ आश्विन २०८३, सोमवार
  • 63 पटक हेरिएको
जोन डेवी र काष्ठमण्डप क्वाटरफाइनलमा

जाेन डेवी फुटसल प्रतियोगिता अन्तर्गत यु–१२ ब्वाइज फुटसलमा आयोजक जोन डेवी ‘ए’ र काष्ठमण्डप विद्यालय क्वाटरफाइनला प्रवेश गरेका छन् ।

समूह चरणको पहिलो खेलमा जोन डेवी ‘ए’ ले बृहस्पति विद्या सदनलाई १–० गोलले पराजित गर्यो । प्रणाम भण्डारीले निर्णायक गोल गरे । अर्को खेलमा जोन डेवी ‘ए’ ले श्रृष्टि एकेडेमीलाई ४–१ गोलले हरायो । विजेताका प्रणाम भण्डारीले २ तथा रेनभकुमार मल्ल र शुभवीर ब्लोनले समान १–१ गोल गरे । श्रृष्टिका संस्कार मैनालीले सान्त्वना गोल गरे ।

काष्ठमण्डपले एआईएलाई १–० गोलले पाखा लगायो । अधिराज श्रेष्ठले निर्णायक गोल गरे । अर्कोमा काष्ठमण्डपले लाइफ स्कुललाई ४–१ ले पन्छायो । काष्ठमण्डपका रुक्म, सायन, सिद्धान्त र युयुधनले गोल गरे । लाइफका अस्टिनले १ गोल फर्काए ।

त्यसअघि काष्ठमण्डपले एनबीएफएमाथि ३–० को जित दर्ता गरेको थियो । सोही स्पर्धामा राई स्कुल, चेल्सी वल्र्ड स्कुल, डाफोडिल, द एक्सेल्सियर स्कुल, लाइफ र बृहस्पति विद्या सदनले सफलता पाए ।