एसियाली खेलकुदमा नेपालकाे नतिजा कस्ताे छ?

  • Image नेप्लेज
  • ५ आश्विन २०८३, सोमवार
  • 134 पटक हेरिएको
एसियाली खेलकुदमा नेपालकाे नतिजा कस्ताे छ?

जापानमा जारी २० औं एसियाली खेलकुदअन्तर्गत उसुको महिला छाङ्छ्वानमा नेपालकी सुस्मिता तामाङ ९.५८० अंक सहित १३औं स्थानमा रहिन् । उनको विधामा हङकङ ९.७१३ अंक सहित प्रथम भएको छ । यस्तै ६० केजा तौल समुहमा रिता ठगुन्ना तुर्किमिन्स्तानकी खेलाडीसंग २–० अंकले पराजित भएकी छन् ।

एसियाडको तेस्रो दिन नेपाली कबड्डी पुरुष टिम थाईल्यान्ड संग पराजित भएको छ । लिग चरणको पहिलो खेलमा नेपाली टिम थाईल्यान्ड संग ५९–४८ अंकले पराजित भएको हो । नेपालले दोस्रो खेल मंगलबार पाकिस्तानसंग खेल्ने छ ।

बक्सिङमा पुरुष ७० केजी तौलसमूहमा दानबहादुर दर्लामी इराकका खेलाडी वासी कसीम हामदान संग ५–० अंकमा पराजित भए ।

महिला भलिबलमा पदकको प्रतिस्पर्र्धाबाट बाहिरिए पनि नेपाल एसियाली र्याङकिङका लागि भएको खेलमा हङकङ संग सोझो सेटमा पराजित भएको छ । ९ देखि १२ औं स्थानका लागि भएको खेलमा हङकङ संग २५–२०, २५–१९ र २८–२६ को सेटमा पराजित भएको हो । ११–१२ औं स्थानका लागि नेपालले मंगलबार मंगोलिया संग खेल्ने छ ।

करातेको महिला ६८ केजीमुनिको क्वाटरफाईनलमा निरुपा दोङ तामाङ हङकङकी खेलाडी संग ३–० को अंकमा पराजित भएकी छन् ।