एसियाली खेलकुद : पुरुष कबड्डीमा थाइल्यान्डसँग नेपाल पराजित

  • Image नेप्लेज
  • ५ आश्विन २०८३, सोमवार
  • 93 पटक हेरिएको
एसियाली खेलकुद : पुरुष कबड्डीमा थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत नेपालको पुरुष कबड्डी टोली सोमबार थाइल्यान्डसँग ५९–४८ ले पराजित भएको छ ।

टोकाइ सिटिजन जिम्नेसियममा भएको खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर, दोस्रो हाफमा थाइल्यान्डको आक्रामणलाई नेपालले रोक्न सकेन । थाइल्यान्डले अन्ततः ११ अंकको अन्तरले खेल आफ्नो पक्षमा पार्‍यो ।

पहिलो हाफमा नेपाल २४–२८ ले पछि परेको थियो । प्रतिस्पर्धात्मक पहिलो हाफमा नेपाल खेलमा फर्किने अवस्थामा नै थियो । तर, दोस्रो हाफमा थाइल्यान्डले नेपाललाई ३१–२४ ले पछि पार्‍यो ।

थाइल्यान्डले कुल ५९ अंक जोड्दा नेपालले ४८ अंकमा खेल टुंग्यायो ।

नेपालले रेडबाट २९ अंक, ट्याकलबाट १८ अंक र एक सुपर अंक प्राप्त गरेको थियो ।

नेपालले अब अर्को खेल पाकिस्तानसँग खेल्नेछ ।