आइपीएल उप विजेता टोली गुजरातका खेलाडी ठूलो दुर्घटनाबाट जोगिए

  • Image एजेन्सी
  • १८ जेठ २०८३, सोमवार
  • 4574 पटक हेरिएको
आइपीएल उप विजेता टोली गुजरातका खेलाडी ठूलो दुर्घटनाबाट जोगिए

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) सँग पराजित भएपछि गुजरात टाइटन्सको टोली एउटा ठूलो दुर्घटनाबाट जोगिएको छ । फाइनल खेलपछि नरेन्द्र मोदी स्टेडियमबाट होटल फर्कने क्रममा गुजरातका खेलाडी र सपोर्ट स्टाफ सवार बसमा अचानक सर्ट सर्किट हुँदा भित्र धुवाँ फैलिएको थियो । तर, समयमै सबैलाई सुरक्षित बाहिर निकालिएकाले ठूलो क्षति नभएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा फाइनल खेलेपछि आइतबार राति गुजरात टाइटन्सको टोली बसमा चढेर होटलतर्फ जाँदै थियो । सोही क्रममा बाटोमा बसको विद्युतीय प्रणालीमा सर्ट सर्किट भई आगो लागेको थियो र हेर्दाहेर्दै बसभित्र धुवाँ भरिएको थियो ।

सुरक्षाकर्मीले सपोर्ट स्टाफलाई तुरुन्तै बसबाट बाहिर निकालेका थिए । आगो लागेपछि टोलीका सदस्यहरू करिब एक घण्टासम्म सडकमै अलपत्र परेका थिए । पछि अर्को वैकल्पिक सवारी साधनको व्यवस्था गरेर सबैलाई सुरक्षित रूपमा होटल पुर्‍याइयो । यस घटनामा कुनै पनि खेलाडी वा स्टाफ सदस्य घाइते भएका छैनन् ।