काठमाडौं। काठमाडौँ खेल मण्डल (एनआरटी)को ९२ औँ वार्षिकात्सवको उपलक्ष्यमा आयोजित ११ औँ गिरि कप विलियार्ड च्याम्पियन्सीपमा राजेन्द्र शाक्य विजेता भएका छन् ।
राजेन्द्रले शनिबार फाइनलमा पूर्व विजेता राजु केसीलाई पराजित गरेर उपाधि रक्षा गरे । सेमिफाइनलमा राजेन्द्रले नरेन्द्रमान श्रेष्ठ र राजुले निरज बस्नेतलाई हराएर फाइनलमा स्थान बनाएका थिए ।
उपविजेता राजुले ‘हाइएस्ट ब्रेक’ को उपाधिसमेत हात पारे । उपाधि विजेता राजेन्द्रले ट्रफीसहित २२ हजार पाँच सय रुपियाँ पुरस्कार प्राप्त गरे। यसैगरी उपविजेता राजुले १५ हजार रुपियाँमा चित्त बुझाए । राजुले हाइएस्ट ब्रेक गरेपछि राजु थप ७५०० रुपियाँको हकदार पनि बने ।
यसैगरी सेमिफाइनल पुग्ने नरेन्द्रमान र निरजले पनि जनही ७५०० रुपियाँ प्राप्त गरे ।
एनआरटीले आफ्नाे वार्षिकोत्सवको उपलक्ष्यमा अब टेबलटेनिस प्रतियोगिता र रक्तदान कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको छ ।