रोहितको शानदार ब्याटिङमा नेपालले क्यानाडालाई दियो २३६ रनकोबलियो लक्ष्य

  • Image नेप्लेज
  • २५ आश्विन २०८३, आइतवार
  • 61 पटक हेरिएको
रोहितको शानदार ब्याटिङमा नेपालले क्यानाडालाई दियो २३६ रनकोबलियो लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले क्यानडालाई २३६ रनको लक्ष्य दिएको छ ।

ओमानस्थित अल अमिरातमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन जोड्यो ।

रोहित पौडेलले शतकीय इनिङ्स खेले । उनले १२६ बलमा १०१ रनको योगदान दिए । सो क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, गुलशन झाले ४८, बसिर अहमदले ३०, अर्जुन कुमालले २३ रन जोडे ।