नेपाली क्रिकेट टिम अभ्यासका लागि अमेरिकाबाट आइतबार वेस्टइन्डिज जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२४
  • |
  • 593 पटक हेरिएको

काठमाडौं । नेपाली क्रिकट टोली अमेरिका पुगेको छ । आइसीसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडामा रहेको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमाा उत्रिएको हो ।

पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ । काठमाडौंबाट जानलाई एकै चरणमा टिकट नपाइए पछि टोली दुई चरणमा गरेर अमेरिका प्रस्थान गरेको थियो । टी २० विश्वकपको अभ्यासका लागि नेपाली टोली त्यहाँबाट वेस्टइन्डिज पुग्ने छ । 

मियामी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिएको नेपाली टोलीलाई नेप्लिज एशोसिएशन अफ फ्लोरिडाका पदाधिकारीले स्वागत गरेका थिए । उपाध्यक्ष विनोद बस्नेतसहित पारस पन्त, सुदन सुवाल, सुमन सुवेदीका विकास बस्नेत, अविरल विस्ट, अभय पोख्रेलका साथै नेपाली विद्यार्थीहरुले स्वागत गरेका हुन् ।

नेपाली टोलीले फ्लोरिडामै केही दिन अभ्यास पछि आइतबार वेस्टइन्डिज जाने छ । त्यसैगरी मिट एन्ड ग्रीट कार्यक्रममा पनि नेपाली टोली केहि दिन व्यस्त बन्ने छ । वेस्टइन्डिजमा अभ्यास गरेपछि नेपाली टिम विश्वकपका लागि अमेरिका आउने छ । त्यसपछि पनि फेरि विश्वकपको म्याचका लागि नेपाली टिमले वेस्टइन्डिजकै भ्रमण गर्नु पर्ने छ । 

आइतबार काठमाडौंबाट प्रस्थान गरेको टोली भने आज राति मात्रै मियामी पुग्ने छ । नेपाली टिमका सबै खेलाडीहरु पुगेपछि फ्लोरिडामा नेपालीहरुसँग मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना मंगलबार राखिएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey