सदस्य सचिवको नियुक्ति मन्त्रिपरिषद्का कारण पर सर्‍यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०४-०८
  • |
  • 398 पटक हेरिएको

राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवको नियुक्ति आज हुन सकेन । नियमित बस्ने मन्त्रिपरिषदको बैठक विहीबार नबस्दा नियुक्ति हुन नसेको हो । विहीबार मन्त्रिपरिषद् बैठक बस्ने कुनै सूचना नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेप्लेजलाई जानकारी दिए ।

नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएपछि पहिलो पटक खुला प्रतिस्पर्धाबाट सदस्यसचिवको नियुक्ति गर्न लागिएको हो । त्यसकालागि युवा तथा खेलकुदमन्त्रालय सवै प्रक्रिया पुरा गरेर तीन जनाको नाम सिफारिस गरिसकेको छ । खेलकुदमन्त्रीले मन्त्रिपरिषद्मा पनि प्रस्ताव दर्ता गराइ सकेका छन् । खेलकुदमन्त्रिले प्राप्त गरेको नामावलीमा वर्णानुक्रम अनुसार अन्जु श्रेष्ठ, रमेश सिलवाल र लिलबहादुर थापा रहेका छन् । यी तीन जनाबाट एक जनालाई नेपाल सरकारको विशिष्ट श्रेणीको सुविधासहित राखेपको सदस्य सचिवको नियुक्ति गर्ने छ ।

 गत असार ११ गते नयाँ खेलकुद विकास ऐन प्रमाणीकरण गरेपछि त्यसको एक साता अर्थात असार १७ गतेदेखि सदस्यसचिव तथा उपाध्यक्ष र सदस्यहरुको कार्याकाल स्वतः समाप्त भएको थियो ।

त्यसपछि मन्त्रालयले नयाँ प्रक्रिया शुरु गर्नका लागि सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सदस्यसचिव छनोट समिति गठन गरिएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey