बाराही माविलाई २५ हजार बराबरको क्रिकेट जर्सी हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१४
  • |
  • 383 पटक हेरिएको

पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको बाराही माविलाई क्रिकेट जर्सी हस्तान्तरण गरिएको छ । पोखरा ५ प्रस्र्याङमा रहेको पोखरा युपिभिसी उद्योगले २५ हजार बराबरको १५ सेट क्रिकेट जर्सी शुक्रबार विद्यालयलाई हस्तान्तरण गरेको हो ।

जर्सी लिँदै बाराही माविका प्रधानाध्यापक शिव भण्डारीले विद्यार्थीलाई खेल क्षेत्रमा हौसला दिन जर्सी सहयोग गर्ने उद्योगप्रति धन्यवाद ज्ञापन गरे । साथै बाराही मावि खेल क्षेत्रमा अगाडी नै रहेको दावी गर्दै यस्ता सहयोगले विद्यार्थीमा थप हौसला थपिने बताए ।

जर्सी हस्तान्तरण गर्दै पोखरा युपिभिसी उद्योगका सञ्चालक जयन्द्र भट्टराईले विद्यार्थीहरु पढाईसँगसँगै खेल क्षेत्रमा अगाडी बढ्न हौसला दिनुपर्ने बताए । सामाजिक उत्तरदायित्व अनुसार जर्सी हस्तान्तरण गरिएको उनको भनाई थियो ।

यता विद्यालयका खेल प्रशिक्षक शुसिल केसीले खेल क्षेत्रमा लाग्ने विद्यार्थीका लागि यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै विद्यार्थीहरु पढाइलाई अगाडी बढाउदै खेल क्षेत्रलाई समेत अगाल्न आग्रह गरे ।

हस्तान्तरण कार्यक्रममा बाराही माविका प्रधानाध्यापक शिव भण्डारी, पोखरा युपिभिसी उद्योगका सञ्चालक जयन्द्र भट्टराई, विद्यालयका खेल प्रशिक्षक शुसिल केसी, विद्यालयका लेखा सचिन भट्टराईलगाएतको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey