युवराज सिंह टी-२० विश्वकपको ब्रान्ड एम्बास्डर नियुक्त

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०१-१४
  • |
  • 320 पटक हेरिएको

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई टी–२० विश्वकप क्रिकेटको ब्रान्ड एम्बास्डर बनाएको छ ।

टी–२० विश्वकप जुन १ तारिखदेखि २९ सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदै छ ।

उक्त प्रतियोगिताको प्रचार प्रसारका लागि सिंहलाई ब्रान्ड एम्बास्डर बनाएको हो ।

भारतीय टोलीका पूर्व अलराउन्डर सिंह सन् २००७ को टी–२० विश्वकपमा एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान कायम गरेका थिए भने पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।  

आइसीसीले ब्रान्ड एम्बास्डर बनाएपछि सिंहले टी–२० विश्वकप क्रिकेटमा जोडिन पाउँनु नै सम्मानको कुरा भएको बताएका छन् । 

टी २० विश्वकपमा नेपालले पनि खेल्दै छ । नेपाल समूह डीमा रहेको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey