फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि

सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था सहभागी हुन पाउने

Kelmi

फुट-टेक फुटसलकाबा बारेमा जानकारी गराउँदै आयोजक लेट्स प्ले स्पोर्टसका पदाधिकारी

  • नेप्लेज
  • |
  • २०८१-०१-१४
  • |
  • 360 पटक हेरिएको

सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको सहभागिता रहने यो प्रतियोगितााका खेलहरु पेप्सीकोलास्थित रोयल नेपाल फुटसल हुनेछ । आयोजक लेट्स प्ले स्पोर्टले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्फ आठ टिमको सहभागिता रहने जानकारी गरायो ।  

प्रतियोगिताका खेलहरु जेठ ५ गतेदेखि प्रत्येक शनिबार संचालन हुनेछन् । जसअन्तर्गत पहिलो र दोस्रो शनिबार समूह चरणका तथा तेस्रो र चौथो शनिबार नकआउट चरणका खेलहरु संचालन हुनेछन् । 

प्रतियोगिताको पुरुषतर्फको विजेताले उपाधिसहित एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ जित्नेछ भने महिलातर्फको च्याम्पियनले ३० र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । 

प्रतियोगितासँगै फुटसलका प्रतिभाहरुको प्रस्तुतीसहितको फ्रिस्टाईल स्कील च्यालेञ्ज पनि आयोजना हुनेछ । जसमा फुटसलमा विषेश कला भएकाले प्रस्तुती गर्ने र उत्कृष्ट कला प्रस्तुत गर्नेलाई पुस्कार वितरण गरिनेछ । 

प्रतियोगितामा धेरैभन्दा धेरैको सहभागिता गराउनका लागि हामीले यो पटक सहभागी कम्पनीहरुमा ट्रफी टुरको आयोजना गरिने आयोजकले जनाएको छ । 


#AFC Futsal

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey