रोयल सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१७
  • |
  • 256 पटक हेरिएको

आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरको सानागाउँस्थित घरेलु कोर्टमा रोयलले बूढानीकलकण्ठ बास्केटबल क्याम्प (बीबीसी) लाई ६१–४७ ले पराजित गर्‍यो । जितसंगै रोयल समूह ‘बी’ को विजेता बन्यो । रोयलका निकेश मगरले २४ अंक जोडे ।

आइतबार कास्की र सोलो बास्केटबल नेपालबीचको खेलले समूह ‘बी’ को उपविजेता टुंगो लगाउने छ । समूह ‘ए’ बाट टाइम्स इन्टरनेसनल विजेता र गोल्डेनगेट इन्टरनेसनल उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेका  छन् ।
पहिलो क्वाटरमा १३–११ ले अगाडि बढेको रोयल दोश्रोमा १४–१५ ले पछि पर्‍यो । रोयलले तेश्रोमा १३–९ र चौथोमा २१–११ को अग्रता लिदै सेमिफाइनलमा स्थान सुनिश्चित ग¥यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey