हिमरश्मी उत्कृष्ट

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१४
  • |
  • 323 पटक हेरिएको

हिमरश्मी पाँचौं ओप्स खेलकुद सप्ताहमा मंगलबार उत्कृष्ट टिम घोषित भएको छ । खेलकुद सप्ताहमा समावेश विभिन्न ४ खेलमा सबैमा पदक जित्दै हिमरश्मी उत्कृष्ट बनेको हो । खेलकुद सप्ताहमा एथलेटिक्स, ब्याडमिन्टन, ब्वाइज फुटबल र ब्वाइज÷गल्र्स भलिबलमा प्रतिस्पर्धा भएको थियो ।

ओप्सद्वारा आयोजित खेलकुद सप्ताहमा हिमरश्मीले एथलेटिक्समा ४ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो । ब्याडमिन्टनमा २ स्वर्ण र १ रजत हात पा¥यो । एथलेटिक्स र ब्याडमिन्टन दुवैमा हिमरश्मी शीर्ष स्थानमा रह्यो ।

ब्वाइज फुटबलमा चिल्ड्रेन हेराल्ड एकेडेमी पहिलो, प्रगति दोश्रो तथा हिमरश्मी र मस्र्याङ्दी तेश्रो भए । भलिबलको ब्वाइजमा न्युटनले स्वर्ण, मनासलुले रजत र लालीगुराँसले कांस्य जिते । गल्र्स भलिबलमा सेक्रेड हर्ट पहिलो, हिमरश्मी दोश्रो र मनासलु तेश्रो बने ।

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, नगर शिक्षा प्रमुख होमनाथ न्यौपाने, प्रोफेसर श्यामकृष्ण विष्ट, ओप्सका अध्यक्ष लोकेन्द्र खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey