राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली घाइते

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१०
  • |
  • 309 पटक हेरिएको

काठमाडौं, १० पुस । नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा माली घाइते भएकी छिन् । राजधानीमा शुक्रबार भएको पाँचौं आरबीबी एनभीए महिला भलिबल च्याम्पियनसिपको फाइनलमा उनी घाइते भएकी हुन् ।

तेस्रो सेटको खेलमा एपिएफविरुद्ध सर्ट प्रहार गर्ने क्रममा न्यु डायमण्ड क्लबकी समेत खेलाडी माली घाइते भइन् । घाइते भएलगत्तै उनी मैदान बाहिरिएकी थिइन् । उनको ब्लुक्रस अस्पतालमा परिक्षण भइरहेको छ ।

उनको खुट्टामा चोट लागेको छ । थप विरण पछि आउने जनाइएको छ । ३ अंकले अग्रता बनाएको न्यु डायमण्ड उक्त सेट जीत पनि चौथो सेटमा भने प्रतिभाको अभाव खड्किीएको थियो । जसमा एपीएफ २५–१८ ले विजयीहुँदै प्रतियोगिताको उपाधि जित्न सफल भयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey