वुमन्स च्याम्पियन्स लिगमा चितवनकाे लगातार दोस्रो जित, ललितपुर ८९ रनले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०१
  • |
  • 198 पटक हेरिएको

वुमन्स च्याम्पियन्स लिगमा चितवनले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा चितवनले ललितपुर फाल्कोन्सलाई ८९ रनले हरायो ।

किर्तिपुर  क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ गुमाएर १३५ रन बनायो ।

चितवनका लागि ऋतु कनोजियाले ५८ रनको अर्धशतकीय पारी खेलिन । उनले ५५ बलमा ८ चौका प्रहार गरिन् । यस्तै प्रिया चौधरीले अविजित २२ रन जोडिन् । त्यस्तै काजोल श्रेष्ठले १५ तथा इन्दु बर्माले १० रन जोडिन् ।

ललितपुरकी नेरी थापाले २ विकेट लिईन् । जवाफमा ललितपुर फाल्कोन्स १६ ओभर दुई बलमा अलआउट भयो ।

उसका एक खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान नेरी थापाले सर्वाधिक १७ रन बनाउँदा बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । तीन रनमा पहिलो विकेट गुमाएको ललितपुरले १९ रन जोड्दा पाँच विकेट खेर फालेको थियो ।

त्यसपछि पनि उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसले स्कोरबोर्डमा ४३ रन बनाउँदा आठ विकेट खेर फाल्यो । अन्ततः ललितपुर ५६ रनमा अलआउट भयो ।
ललितपुरलाई कम स्कोरमा रोक्न कबिता गौतमले तीन विकेट लिइन । चितवनको लगातार दोस्रो जित हो । यता ललितपुरको लगातार दोस्रो हार हो ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey