राखेप मिडिया सेन्टरको उद्घाटन

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 150 पटक हेरिएको

चैत १५, काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मिडिया सेन्टरको बिहीबार उद्घाटन गरेका छन् ।

राखेपले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा छुट्टै भवन निर्माण गरी स्थापना गरेको मिडिया सेन्टर उद्घाटन गरिएको हो । सोही अवसरमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

मिडिया सेन्टरमा हाल ६ वटा कम्प्युटर राखिएको छ । राखेप सदस्य–सचिव केशवकुमार विष्टले आवश्यकता अनुसार अन्य सुविधा थप्दै जाने जानकारी दिए । उद्घाटनपछि मन्त्री विश्वकर्माले राष्ट्रिय टिम तयारीमा रहेका केहि खेलका खेलाडीलाई समेत भेटेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey