राष्ट्रिय पुरूष भलिबलकाे उपाधिका लागि पुलिस र आर्मी खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२९
  • |
  • 209 पटक हेरिएको

प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि २ विभागिए टिम नेपाल पुलिस क्लव र अार्मी भिड्ने भएका छन ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा आइतबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनायाे ।

पुलिसले सुरुवाती दुई सेट २५-२१ र २५-२० ले जितेको थियो । तर, तेस्रो र चौंथो सेट एपीएफले २५-२० र २५-२१ ले जित्दै खेल रोमान्चक मोडमा ल्याएको थियो । तर, अन्तिम सेटमा एपीएफमाथि १६-१४ को सेटमा जित निकाल्दै पुलिसले फाइनलमा स्थान बनायाे । उपाधिका लागि पुलिसले आर्मी क्लबसँग खेल्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey