सनी र गोविन्द सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 339 पटक हेरिएको
चैत २, काठमाडौं । नेपाल आर्मी क्लबका सनीसिंह सुनार र प्रदेश नं. ४ का गोविन्द रोका १५ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १४ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सनीले प्रदेश नं. ३ का अमिर देउला र गोविन्दले प्रदेश नं. ३ कै प्रताप विश्वकर्मालाई पराजित गरे । सोही स्पर्धामा प्रदेश नं. ४ का मदन क्षेत्रीले प्रदेश नं. ३ का रमेश थिङलाई हराउदै सेमिफाइनलमा प्रवेश गरे भने प्रदेश नं. ४ का दीपक महतो पनि वाइ पाएर सेमिफाइनलमा पुगे ।
 
महिला खुलामा आर्मीकी मन्जु विकले वाइ पाउदै सेमिफाइनलमा पुगिन् । त्यस्तै प्रदेश नं. ३ की सुजिता राईले प्रदेश नं. ५ की मिरा पौडेल, प्रदेश नं. ५ की लक्ष्मी मल्ल ठकुरीले प्रदेश नं. ४ की पवित्रा चौधरी तथा प्रदेश नं. ४ की ममता राईले प्रदेश नं. ३ की रुपा तामाङलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
 
नेपाल क्योकुसिन कराते डो संघ वज्र (आईकेओबी) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमुनि प्रदेश नं. ३ का महेश भुजेल, अजय राई र सुजन दनुवार तथा प्रदेश नं. ५ का सञ्जय सुनारले सेमिफाइनल यात्रा तय गरे । पुरुष ६५ केजीमुनि आर्मीका चोकबहादुर बुच्छे र मनोज थपलिया तथा प्रदेश नं. ५ का थोमस खड्का र प्रदेश नं. ४ का गोपीराम स्याङतान सेमिफाइनलमा पुगे ।
 
प्रतियोगिताको नेता पशुपतिशमशेर जबराले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा कातासहित ५ स्पर्धामा १ सय ५ खेलाडी सहभागी छन् । प्रत्येक तौलसमूहमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार, २ हजार ५ सय र १ हजार २ सय नगद पुरस्कार हात पार्नेछन् । पुरुष/महिला मिश्रित काताका विजेताले ५ हजार, उपविजेताले २ हजार ५ र तेश्रो हुनेले १ हजार २ सय नगद पुरस्कार पाउने छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey