रुपन्देही तिलोत्तमा गोल्डकपको सेमिफाइनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२६
  • |
  • 192 पटक हेरिएको

नवलपरासीलाई हराउँदै रुपन्देही ११ तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुटवल स्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा रुपन्देहीले नवलपरासीलाई ३–१ गोल अन्तरले हरायो ।

घरेलु मैदानमा भएको खेलमा रुपन्देहीको जितमा अशोक थापाले दुई तथा निशान लिम्बुले एक गोल गरे । खेलको २३ औ मिनेटमा अशोक थापाको गोल मार्फत रुपन्देहीले खेलमा अग्रता बनायो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रुपन्देही विरुद्ध नवलपरासीले ६५ औ मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि कोली नवलपरासीले गोल गरे ।

तर ८३ औं मिनेटमा निशान लिम्बुले रुपन्देहीको अग्रता दुई एकमा पुर्याए । खेलको इन्जुरी समयमा चौथो मिनेटमा अशोक थापाले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

जसका कारण रुपन्देहीले सेमिफाइनलमा स्थान बनायो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey