१३औं सागको लोगो तथा मस्कट सार्वजनिक (कस्तो छ त ?)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-३०
  • |
  • 404 पटक हेरिएको

नेप्लेज, २९ वैशाख । डिसेम्बर १देखि १० सम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकूद सागको लोगो तथा मस्कट सार्वजनिक गरिएको छ ।

काठमाडौं र पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको लोगो सोमबार सिंहदरबारमा आयोजित एक समारोहकाबीच युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले लोगो तथा मस्कट सार्वजनिक गरेका हुन् ।

सन् २०१६ मा भारतमा भएको १२ औं सागको समापनका बेला तत्कालिन युवा तथा खेलकूदमन्त्री सत्यनारायण मण्डलले २०१८ भित्र १३ औं साग नेपालले आयोजना गर्ने भन्दै झण्डा ग्रहण गरेका थिए । तर समयमै पूर्वाधार तयार नहुँदा सागको मिति २०१९ को डिसेम्बरमा पुगेको हो ।

गत मार्च पहिलो साता थाइल्याण्डमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १३औँ सागको नयाँ मिति २०१९ को डिसेम्बर १ देखि १० सम्म( मंसिर १५–२४) लाई तय गरेको हो ।
लोगो र मस्कट सार्वजनिक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले अब सागको लागि युद्धस्तरमा काम सुरु हुने जानकारी दिए ।
सागको मिति तय भए पनि लोगो मस्कट लगाएतका कुराहरु सार्वजनिक नहुँदा अन्यौलता रहेकाले यसको पनि अन्त्य भएको बताए । यसले सागको तयारीका लागि युद्धस्तरमा जुट्न थप बल पुग्ने उनको भनाई थियो ।

सरकारले १३ औं साग प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा नीति तथा कार्यक्रममा पनि उल्लेख गरेकाले यसलाई राष्ट्रिय प्रष्ठिाको रुपमा पनि लिइएको छ ।

लोगो तथा मस्कट सार्वजनिक समारोहमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले १३ औं साग पूर्वाधारका कारण अब नसर्ने प्रष्ट पारे । उनले सागका लागि पूर्वाधारहरु समयमै पुरा हुने भन्दै प्रतियोगिताको मुख्य उद्घाटन र समापनस्थलका रुपमा तोकिएको त्रिपुरेश्वरको दशरथ रंगशाला पनि चाँडै सम्पन्न हुने जानकारी दिए । यसैगरी सातदोबाटो र पोखरामा पनि भौतिक पूर्वाधारको कामहरु सकिएको जनाइएको छ ।

सागको जन्मदाता नेपाल हो । पहिलो र आठौं साग आयोजना गरेको अनुभव पनि नेपालसँग रहेको छ ।
१३ औं सागको लोगो विराटनगरका भोलानाथ पौड्यालले बनाएका हुन् । लोगोमा परेवाको प्रयोग गरेको छ । लोगोले सार्क राष्ट्रबीच आपसी एकता, भाइचार र स्वतन्त्ररुपमा उच्च लक्ष्य प्राप्तिको चाहना बुझाउँछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey