इटहरी रंगशालामा २५ कराेडमा भिआइपी प्यारापिटकाे सिलन्यास

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२७
  • |
  • 212 पटक हेरिएको

सातौं राष्ट्रिय खेलकुदका बेला बहुउद्देश्यिय योजनाका साथ काम सुरु भएको इटहरी रंगशालामा फेरी २५ करोड रुपैयाँको लगानी बढेको छ ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवले भिआइपी प्यारापिटका लागि २५ करोड रुपैयाँको नयाँ प्रोजेक्टको सिलन्यास गरे । ३५ सय क्षमताको तीन तले प्याराफिट ८ महिनामा बनाइसक्ने योजना रहेको छ । यतिमात्र होइन रंगशालामा इन्डोर र आउटडोरका एक दर्जन भन्दा बढि खेलहरु खेल्न मिल्ने गरि पुर्वाधार पनि बनाइदै छ ।

इटहरी नेपालकै उदायदो शहर भएको कारण खेलकुदसंगै अन्य क्षेत्रको बिकास गर्न सकेको खण्डमा इटहरीको आधुनिक बिकास हुने बिष्टले बताए । प्रतिष्ठा कन्सट्रक्सनले निमार्ण गर्ने ठेक्का पाएको छ भने यहि माघ भित्र निमार्ण काम सम्पन्न गर्ने कम्पनीको प्रतिनिधि धुर्ब रिजालले बताए । सुनसरी जिल्ला खेलकुद बिकास सिमितिका अध्यक्ष अनुरोध थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सातौ राष्ट्रिय खेलकुदमा एथ्लेटिक्स देखि अन्य केहि मुख्य खेलको आयोजना भएको यो रंगशालामा यसअघि विष्टले तेक्वान्दो भवन, ब्याटमिन्टन कोर्ट, भलिबल एकेडेमी, उँसु, कराँते भवन लगायतका पूर्वाधार निर्माणका लागि प्रोजेक्ट आइसकेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey