ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठद्वारा कोरिया जाने खेलाडी विदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-२८
  • |
  • 204 पटक हेरिएको

काठमाडौं, २८ फागुन । दक्षिण कोरियामा आयोजना हुन लागेको २८औं एशियन अल्पाइन चिल्ड्रेन प्रतियोगितामा सहभागीता जनाउने नेपाली खेलाडीको विदाई गरिएको छ ।
उनीहरुलाई नेपाल ओलम्पिक कमिटी, नेपाल स्की संघका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले विदाई गरेका हुन् ।
प्रतियोगिता कोरियाको अल्पेनसिया स्की रिसोर्ट, अन्पेनसिया, गान्गुन प्रोभिन्स कोरियमा २०१९ मार्च १६–१७ मा कोरियन स्की संघले आयोजना गर्दै छ ।
प्रतियोगितामा नेपालबाट दिनेश कुमार बोहरा, उमङ्ग रन्जित, लक्ष्मी राई, पलिशा बज्रचार्य तथा कोच तथा टिम म्यानेजर प्रविन कर्माचार्य कोरिया जान लागेका छन् ।
विदाईका क्रममा श्रेष्ठले धैर्यताका साथ खेल खेल्न र मौकाको सदुपयोग सही ढंगले गर्न शुभ कामना दिए ।
विदाई कार्यक्रममा नेपाल स्की संघका महासचिव विजय श्रेष्ठ, कोषध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिव बसन्त राज कार्की तथा सदस्यहरुमा अर्जुन महर्जन र शान्त माया परियारको उपस्थिति रहेको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey