ड्याफाेडिल इन्टरस्कुल बास्केटबल शुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-२१
  • |
  • 224 पटक हेरिएको

नेप्लेज । राजधानीमा शुक्रबारदेखि ड्याफोडिल इन्टरस्कुल बास्केटबल प्रतियोगिता–२०७५ सुरु भएको छ । ड्याफोडिल स्कुलले सञ्चालन गरेको बास्केटबल प्रतियोगितामा उपत्यकाका विभिन्न माध्यमिक तहका विद्यालयहरुले सहभागिता जनाएका छन् ।

मंसिर २९ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लिग चरणका खेलहरु भइरहेका छन् । विहान १० बजेबाट हुने प्रतियोगिता काठमामाडौँको सुन्दरीजल स्थित नयाँ पाटीमा रहेको ड्याफोडिल स्कुलको खेल मैदानमा सञ्चालन गरिएको छ ।

प्रतियोगितामा छात्र तर्फबाट १० र छात्रातर्फ ७ गरि १७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको दुवै समुहमा हुने खेल डवल राउण्ड रोविनका आधारमा सञ्चालन गरिएको छ ।

वास्केटवल प्रतियोगिताको उद्घाटन विद्यालयका व्यवस्थापन प्रमुख उमिद शेर्पाले गर्नुभएको थियो । कार्यक्रममा ड्याफोडिल स्कुलका संथापक निर्देशक यू के शेर्पाले विद्यार्थीको मानसिक रुपमा सक्षम हुन खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । स्कुलका निर्देशक दावा लामाले खेलले विद्यार्थीलाई फूर्तिलो बनाउने भन्दै प्रत्यक्ष–अप्रत्यक्ष रुपमा पढाइलाई सहयोग पुर्याउने बताउनुभयो ।

स्कुल प्रमुख मिना कार्कीले विद्यार्थीको मनोवल बढाउन वास्केटल जस्ता खेलकुद प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताउनुभयो । बिजेता टिमलाई ट्रफी तथा नगद पुरस्कार दिइने आयोजकले बताएका छन् । पुरस्कारको राशी भने सार्वजनिक गरिएको छैन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey