नेपालका सुनिल र रञ्जना यू-२१ ब्याडमिन्टन अन्तिम आठमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०८-१४
  • |
  • 386 पटक हेरिएको

नेपालका सुनिल जोशी र रञ्जना भट्ट दोश्रो दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनिलले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१-१२, २१-१५ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । यस्तै महिला एकल तर्फ रञ्जनाले बंगलादेशकी उर्मी अख्तरलाई २१-१९, २१-१८ ले पाखा लगाईन् ।

सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको प्रतियोगित नेपाललाई जित दिलाउने क्रममा नेपालका पिन्स दाहाल, प्रफुल महर्जन र नविन श्रेष्ठले बाजी मारे । प्रिन्सले श्रीलङ्काका भिरेन नेतासिंघेलाई २१-९, २१-१६, प्रफुलले मालदिभ्सका माहम्मद राफाहलाई २१-४, २१-८ तथा नविनले बंगलादेशका गौरव सिंहलाई २१-१७, २१-७ ले पराजित गरे ।

महिला एकल तर्फ रञ्जना बाहेक नेपाली खेलाडीले आफुलाई अगाडी बढाउन असफल भए । महिला एकल तर्फ रशिला महर्जन भारतकी माल्भिका बान्सोद संग २१-१०, २१-१२, जेशिका गुरुङ्ग श्रीलङ्काकी दिल्मी दियास संग २१-८, २१-१५ ले तथा सुनैना मुखिया श्रीलङ्काकै २१ – ८, २१ – ९ ले पराजित भए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey