सुदुरपश्चिमलाई टाइब्रेकरमा हराउँदै थ्री-स्टार सिमरा गोल्डकपको सेमिफाइनलमा
- नेप्लेज
- |
- २०७४-१०-२९
- |
- 155 पटक हेरिएको
सदुरपश्चिम ११ लाई हराउँदै थ्री स्टार क्लव सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रंगशालामा भएको खेलमा थ्री स्टारले सुदुरपश्चिमलाई टाइब्रेकरमा ४-२ गोलले हरायो ।
आफना कप्तान विक्रम लामा घाइते भएपछि पहिलो पटक मैदानमा उत्रिएको थ्री स्टारले निर्धारीत ९० मिनेटमा एक गोलको अग्रता जोगाउन सकेन ।
खेलमा थ्री स्टार सुदुरलाई दबाव दिएपनि पहिलो आधा घण्टा गोल गर्न सकेन । तर यो विचमा उसले दुई वटा राम्रा मौका खेर फाल्यो ।
३३ औ मिनेटमा मार्टिन्सका प्रहार पोष्ट नजिकैबाट बाहिरीयो । अर्को पटक रजिन धिमालको प्रहार पनि पोष्टको नजिकैबाट बाहिरीयो ।
तर ४३ औ मिनेटमा विश्वास श्रेष्ठले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए । तर ८७ औ मिनेटमा सुदुरपश्चिमका लागि मनिराम चौधरीले गोल गर्दै खेल बराबरीमा पुरयाए ।
टाइब्रेकरमा थ्री स्टारले चार गोल गर्दा सदुरपश्चिमले दुई गोल मात्र गर्न सक्यो ।