१८औं एशियाडः भारत्तोलनमा सञ्जुको राष्ट्रिय कीर्तिमान सुधार

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०५-०५
  • |
  • 165 पटक हेरिएको

नेप्लेज, ५ भदाै । एशियाली खेलकुद अन्तर्गत भारत्तोलनतर्फ नेपाली खेलाडी सञ्जु चौधरीले तीन नयाँ राष्ट्रिय कीर्तमान कायम गरेकी छन् ।

मंगलबार भएको स्पर्धामा महिलाको ५३ केजीमूनि तौलसमूहमा उनले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । उनले स्न्याच, क्लिन एण्ड जर्क र कुल गरी तीनै स्पर्धामा कीर्तिमान बनाइन् । यद्यपी उनी १२ राष्ट्र सहभागी स्पर्धाको अन्तिममा रहिन् ।

मंगलबार उनले स्न्याचतर्फ ७२ र क्लिन एण्ड जर्कतर्फ ८६ केजी भार बहन गरी कुल १५८ केजीका साथ नयाँ कीर्तिमान बनाएकी हुन् ।

यसअघि गत जेठमा नेपालगञ्जमा भएको एशियाली खेलकुद छनोट प्रतियोगितामा उनले स्न्याचमा ७१ र क्लिन एण्ड जर्कमा ८५ गरी कुल १५६ केजी भार बहन गर्दै कीर्तिमान बनाएकी थिइन् ।

यस स्पर्धामा घरेलु खेलाडी हिडिलिन डियाजले स्वर्ण पदक जितिन् । उनले स्न्याचतर्फ ९२ तथा क्लिन एण्ड जर्कतर्फ ११५ केजी गरी कुल २०७ केजीका साथ पहिलो भएकी हुन् ।

उनीभन्दा एक केजी कम भार बहन गरेकी तुर्कमिनिस्तानकी क्रिष्टिना सेर्मेतोभाले राजत जितिन् । उनले स्न्याचमा ९३ केजी तथा क्लिन एण्ड जर्कमा ११३ केजी भार बहन गरेकी थिइन् ।

थाइल्याण्डकी खाम्बाओ सुरोदचानाले २०१ केजी भारसहित काश्य जितिन् । प्रतियोगिता अन्तर्गत बुधबार कमलबहादुर अधिकारीले प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey