पुरुष क्रिकेटमा आर्मी दोस्रो चरणमा : एनआरएनए बाहिरियो

  • Image नेप्लेज
  • १३ मंसिर २०८३, आइतवार
  • 97 पटक हेरिएको
पुरुष क्रिकेटमा आर्मी दोस्रो चरणमा : एनआरएनए बाहिरियो

सुर्खेत । सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।

आईतबार कालुन्चोक मैदानमा भएको दोस्रो खेलमा एनआरएनएविरुद्ध ५६ रनको जीत आत्मसात गर्दै आर्मी समूह ए बाट लगातार दुई खेल जितेर दोस्रो चरणमा पुगेको हो ।

यसअघि गण्डकीसँग पराजित भएको एनआरएनए लगातार दोस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ । कोशी प्रदेश यसअघि नै घर फर्किसकेको छ ।

टस हारेपनि पहिला ब्याटिंगका लागि निम्ता पाएको आर्मीले २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन जोड्यो । आर्मीको स्कोरमा ओपनर त्रितराज दासले १ छक्का र ६ चौकासहित ३६ बलमा ४२ रन बटुले । अर्का ओपनर अर्जुन साउँद २ रनमा आउट भएपछि तेस्रो नम्बरमा आएका भीम सार्कीले २७ रन जोडे । कप्तान विनोद भण्डारी खाता नखोल्दै पवेलिएन फर्किपछि आएका बशिर अहमदले २२ बलमा २७ रन जोड्दै आर्मीलाई सम्मानजनक स्कोरसम्म डोर्याए ।

एनआरएनएका तर्फबाट नवीन तामांगले ३ र कमलसिंह ऐरीले २ विकेट हात पार्दा अनिल खरेल, सुनिल दौल्याल र सचिन शर्माको नाममा समान एकएक विकेट रह्यो । १३१ रनको चुनौती लिएर जवाफी ब्याटिंगमा उत्रिएको एनआरएनएको इनिंग १५.४ ओभर खेल्दै जम्मा ७४ रनमा सीमित भयो ।

आर्मीको कसिलो बलिंग सामू व्यापक दवाबमा देखिएका एनआरएनएका ४ जनाबाहेक कुनैपनि ब्याट्सम्यानले दोहोरो आँकडा छुन सकेनन् । पवन खरेल १३, विकास खड्काले १२ रन बनाउँदा आयुष्मान बम र सुनिल दौल्यालले समान १० १० रन बनाए ।

पाहुना टोलीलाई दवाबमा राख्नेक्रममा पवन कार्की र तिलकराज भण्डारीले तीनतीन विकेट लिंदा नरेन साउँदले २ तथा सोमपाल कामी र कुशल मल्लले एकएक विकेट झारे ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment