भ्याली पब्लिक दोहोरो उपाधिनजिक

  • Image नेप्लेज
  • १० मंसिर २०८३, बिहिवार
  • 57 पटक हेरिएको
भ्याली पब्लिक दोहोरो उपाधिनजिक

काठमाडाैं। आयोजक भ्याली पब्लिक २०औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो उपाधिनजिक पुगेको छ।

भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा फाइनलमा पुग्यो। भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको सेमिफाइनलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ५७–५६ को झीनोअन्तरले पराजित ग¥यो। भ्याली पब्लिकको जितमा अशोक विकले २१ अंक योगदान गरे।

उपाधिका लागि भ्याली पब्लिकले न्युटन विरुद्ध खेल्ने छ। अर्को सेमिफाइनलमा युनिक कार्कीको २५ अंक सहयोगमा न्युटनले डाफोडिललाई ६५–५९ ले हरायो।

सिनियर गल्र्समा भ्याली पब्लिकले डाफोडिललाई ४२–३२ ले पाखा लगाउदै केभीकेएसएससंग उपाधि भिडन्त पक्का ग¥यो। भ्याली पब्लिककी दृष्य गुरुङले २२ अंक जोडिन्। केभीकेएसएसले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २९–२२ ले पन्छायो। केभीकेएसएसकी पूजा लामाले १५ अंक बटुलिन्।

जुनियर ब्वाइजमा फेरिल्यान्डले गण्डकीलाई २६–१६ तथा जेबी स्कुलले एन्जल्स हार्टलाई २९–२२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे। फेरिल्यान्डका दोर्जे मोक्तानले ९ अंक जोडे। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment