राराहिल सेमिफाइनलमा प्रवेश

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 57 पटक हेरिएको
राराहिल सेमिफाइनलमा प्रवेश

काठमाडौं । राराहिल १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा राराहिलले स्वर्णिमलाई १७–१५ ले पराजित गर्यो । राराहिलकी सन्ध्या माझीले ८ अंक जोडिन् ।

सिनियर ब्वाइजमा ज्ञानोदय बाल वाटिकाले मोक्षदालाई ४४–१४, बाल दीक्षा सदनले केभीएस, रानीवनलाई ४२–३३, पुष्पसदनले केभीसीलाई ६४–४९, निसर्ग वाटिकाले होली भिजनलाई ५४–४४ र स्वर्णिमले राइजिङ स्टारलाई ४८–१६ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ज्ञानोदयका साइमन क्षेत्रीले १२, बाल दीक्षा सदनका सइल महर्जनले १४, पुष्पसदनका सम्राट लामाले २५, निसर्ग वाटिकाका कृतिक दाहालले २३ र स्वर्णिमका श्रोतम कार्कीले १६ स्कोर गरे । ग्रिनफिल्ड, एलआरआई, र रेडियन्ट पब्लिक यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।

क्वाटरफाइनल ग्रिनफिल्ड र निसर्ग वाटिका, एलआरआई र पुष्पसदन, रेडियन्ट पब्लिक र ज्ञानोदय तथा स्वर्णिम र बाल दीक्षा सदनबीच हुनेछ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment