अस्ट्रेलियामा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दाको तयारी पूरा

  • Image नेप्लेज
  • १० मंसिर २०८३, बिहिवार
  • 108 पटक हेरिएको
अस्ट्रेलियामा हुने इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दाको तयारी पूरा

काठमाडाैं। आइओएफटिसी अस्ट्रेलियाले बिहीवार १६औँ इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आइओएफटिसी)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइओफटिसीको २६औँ संस्करण अस्ट्रेलियाको मेलबर्नस्थित सनसाइन लुप्समा आगामी शनिबार र आइतबार हुँदैछ।

आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक ग्रान्डमास्टर दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले २६ वर्षको यात्रा तय गरेको बताए। ‘सन् २००० मा पहिलो पटक इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दोको आयोजना भएको हो। अहिले २६ वर्षसम्म आइपुग्दा यसको आकार वृहत भइसकेको छ। ग्रान्डमास्टर महर्जनको पहलमा सुरू भएको आइओएफटिसीले तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रियत्रिता, खेल भावना र सांस्कृतिक आदानप्रदानलाई प्रवद्र्धन गर्दै आएकोछ।

सैगरी आइओएफटिसी अस्ट्रेलयाका अध्यक्ष महादेव धानुकले प्रतियोगिता १२ देखि १३ देशले प्रतियोगतामा आउने जानकारी दिएपनि भिसाका कारण ५ देश आयोजक, अस्ट्रेलया, नेपाल, भारत, अमेरिका, संयुक्त अरब इमिरेटेस र अस्ट्रेलियाले मात्र सहभागिता जनाउने बताए। उनका अनुसार सबैभन्दा बढी अस्ट्रेलियाली खेलाडीको सहभागिता रहने छ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment