दशौं राष्ट्रिय खेलकुदको टेनिसमा प्रकृति सेमिफाइनलमा

  • Image नेप्लेज
  • १० मंसिर २०८३, बिहिवार
  • 68 पटक हेरिएको
दशौं राष्ट्रिय खेलकुदको टेनिसमा प्रकृति सेमिफाइनलमा

दसौं राष्ट्रिय खेलकुदअन्तर्गत बर्दियाको गुलेरियामा जारी टेनिसको महिला सिंगल्समा बागमतीकी प्रकृति श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरेकी छन् । प्रकृतिले एपीएफकी समृद्धि महर्जनलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरिन् ।

पुरुष सिंगल्समा गण्डकीका प्रदीप खड्काले एनआरएनएका रेन्जेन लामालाई ६–४ र ६–२, नेपाल आर्मीका प्रणव खनालले बागमतीका प्रीतम परियारलाई ६–१ र ६–०, गण्डकीका करनबहादुर थापाले आर्मीका राजवीर प्रधानलाई ६–४ र ६–२ तथा बागमतीका निसान श्रेष्ठले एनआरएनएका असभसम्राट हाडालाई ६–३ र ६–२ को सोझो सेटमा हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिकाको जोडीले एपीएफका इन्द्रकला श्रेष्ठ र भगवती विकको जोडीलाई ६–१ र ६–० तथा बागमतीका प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठको जोडीले गण्डकीका आरुषी तुलाचन र आहाना शेरचनको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।

मिक्स डबल्समा गण्डकीका शक्ति शर्मा र आहानाको जोडीले सुदूरपश्चिमका महेन्द्रबहादुर साउद र आश्मि धामीको जोडीलाई ६–१ र ६–४, आर्मीका स्वस्तिका र प्रणवको जोडीले एपीएफका देवआशिष रेउले र समृद्धि महर्जनको जोडीलाई ६–२ र ६–३ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment