प्रधानमन्त्री कप गण्डकी छनोट : पर्वतको पहिलो जित

  • Image नेप्लेज
  • १ मंसिर २०८३, मङ्गलवार
  • 72 पटक हेरिएको
प्रधानमन्त्री कप गण्डकी छनोट : पर्वतको पहिलो जित

काठमाडाैं। पाेखरा रंगशालामा जारी प्रधानमन्त्री कप (पिएम) महिला टि२० गण्डकी प्रदेश छनोट प्रतियोगितामा पर्वतले पहिलो जित हासिल गरेको छ। 

मंगलबार सम्पन्न दोस्रो खेलमा पर्वतले नवलपुरमाथि ९ विकेटको जित हासिल गरेको हो। ३३ रनको सामान्य लक्ष्य पाएको पर्वतले ८ ओभरमा १ विकेट गुमाउँदै पुरा ग¥यो। 

पर्वतका लागि दिपिका सापकोटाले १३ रनको अविजित पारि खेलिन् । उनले २२ बलमा २ चौका प्रहार गरिन्। यस्तै अनुषा पौडेलले ७ रनको अविजित पारि खेलिन्। उनले १८ बलमा १ चौका प्रहार गरिन्। ओपनर कृषा अखेली ३ रनमा आउट भइन्। बागलुङको लागि कुसुम राईले १ विकेट लिइन्। त्यसअघि टस जितेर ब्याटिङ थालेको बागलुङ १९ ओभरमा ३२ रन बनाउँदै अलआउट हुन पुग्यो। 

बागुलङका कुनैपनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। ओपनर सिम्रन घर्ती क्षेत्री शुन्यमै पेभिलियन फर्किइन्। अनुजा सुनार ६, हिरा घर्ती मगर ७, संरचना घिसिङ तामाङ २, कृसिता कुवँर ५, सुप्रिया घर्ती मगर ३ रनमा आउट भइन्। यस्तै सुप्रिया खड्का, समिक्षा किसान र आयुष्का सहानी शुन्यमा आउट भइन्। 

पर्वतका लागि अनुसा पौडेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्। कप्तान कृषा अखेलीले ४ ओभरमा ५ रन खर्चेर ३  तथा जेनिसा शर्मा र जिविका क्षेत्रीले समान १÷१ विकेट लिइन्।