नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित

  • Image नेप्लेज
  • ४ मंसिर २०८३, शुक्रवार
  • 144 पटक हेरिएको
नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित

काठमाडौं । एसिया राइजिङ स्टार्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेलमा लज्जास्पद हार बेहोरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित भएको हो ।

३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भयो ।

नेपालका चार ब्याट्सम्यान शून्य रनमै आउट भए । ओपजरद्वय कुशल भुर्तेल र अर्जुन कुमाल खाता नै नखोली आउट भए भने बसिर अहमद र लोकेश बम पनि शून्य रनमै पभेलियन फर्किए ।

नेपालको इनिङ्स ध्वस्त पार्न भारतका प्रिन्स यादवले पाँच, हर्षित राणाले चार तथा शाहवाज अहमदले एक विकेट लिए ।

त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३३२ रन जोड्यो ।

कुमार कुशाग्र र कप्तान तीलक वर्माले शतकीय पारी खेले । कुशाग्रले ११७ तथा वर्माले १०७ रन जोडे । वैभव सूर्यवंशीले २६ रन बनाए भने सूर्यान्श शेड्गेले अविजित ३६ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र ललीत राजवंशीले तीन–तीन तथा नन्दन यादवले दुई विकेट लिए । पवन सर्राफले एक सफलता हात पारे ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment