यू १९ एसिया कपमा नेपालले हार्‍यो टस, युएईविरूद्व पहिला ब्याटिङ गर्दै

  • Image नेप्लेज
  • २२ कार्तिक २०८३, आइतवार
  • 28 पटक हेरिएको
 यू १९ एसिया कपमा नेपालले हार्‍यो टस, युएईविरूद्व पहिला ब्याटिङ गर्दै

काठमाडौं । ओमानमा जारी यू १९ एसिया कप क्रिकेटमा आज नेपाल समूह चरणको दोस्रो खेल खेल्दै छ ।

पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको थियो ।

आज युएईसंग खेल्दै छ । आज पनि नेपालले टस हारेको छ ।

टस जितेको युएईले नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको छ ।

यसअघि भारतसँगको खेलमा पनि नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो ।

नेपालले समूह चरणमा अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ ।