डीआरएस लागू हुने भएपछि एनपिएलको खेल समय परिमार्जन

  • Image नेप्लेज
  • ३ कार्तिक २०८३, मङ्गलवार
  • 61 पटक हेरिएको
डीआरएस लागू हुने भएपछि एनपिएलको खेल समय परिमार्जन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) लागू हुने भएपछि खेल समय परिमार्जन गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुनेछ। एक खेल हुने दिन भने खेल साँझ ५ः०० बजे सुरु हुने क्यानले जनाएको छ।

कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपिएलमा पहिलोपटक डीआरएस प्रयोग हुँदैछ। 


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी