बाढीपिडितको सहयोगार्थ साइक्लिङ सम्पन्न

  • Image नेप्लेज
  • २५ आश्विन २०८३, आइतवार
  • 85 पटक हेरिएको
बाढीपिडितको सहयोगार्थ साइक्लिङ सम्पन्न

काठमाडौं । सेन्ट जेभियर्स स्कुल गोदावरीले शनिबार आप्mनो ७५ औँ वार्षिकोत्सव भोटेकोशीमा आएको बाढीपिडितको सहयोगार्थ साइक्लिङको आयोजना गरी मनाएको छ ।

जेभिरियन आलुम्नी अफ गोदावरीको आयोजनामा जावलाखेलस्थित सेन्ट जेभियर स्कुलबाट सुरु भएकोे साइकल यात्राको उद्घाटन सेन्ट जेभियर स्कुल गोदावरीका फादर विजयप्रताप टोपोले गरेका थिए।

१२ किलोमिटर दुरीको सो साइक्लिङमा करीब दुई सय जनाको सहभागिता रहेको थियो । साइक्लिङको समापनपछि साङगितिक कार्यक्रमको आयोजना पनि गरियो ।

समापन स्कुल ब्यान्डको प्रस्तुतीसँगै भादगाउँ १४ स्थित नाथेश्वर धिमे खलको विशेष लाखे प्रस्तुती पनि रहेको थियो ।