सन् २०३० मा कतारमा भेट्ने वाचा सहित जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुद समापन भएको छ ।
नागोयास्थित पालोमा मिजुहो स्टेडियम (Paloma Mizuho Stadium) मा आयोजित समारोहमा एसियाली ओलम्पिक परिषद (OCA) का अध्यक्षले सन् २०३० मा २१औँ संस्करणको एसियाली खेलकुद आयोजना गर्ने कतारका प्रधानमन्त्री र खेलकुद प्रतिनिधिहरूलाई आधिकारिक झण्डा र मस्कट हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा विभिन्न देशका खेलाडी तथा पदाधिकारीहरुले मार्चपास गरेका थिए ।
मार्च पासका क्रममा नेपालको राष्ट्रिय झण्डा गल्फका खेलाडी सुवास तामाङले बोकेका थिए ।
बिभिन्न २१ खेलमा सहभागिता जनाएको नेपालले महिला कबड्डी र करातेमा गरी दुई कास्य पदक प्राप्त गरि सहभागी ४५ राष्ट्र मध्ये ३६ स्थानमा रहेको छ । केही रेकर्ड कायम गरेको छ ।
प्रतियोगितामा चीनले १६९ स्वर्ण सहित कुल ३४१ पदक सहित बिजेता भएको छ ।
आयोजक राष्ट्र जापान ८३ स्वर्ण सहित २६९ पदक सहित दोस्रो र ३९ स्वर्ण सहित कोरिया तेस्रो भएको छ भने भारत २१ स्वर्ण सहित ८५ पदक हात पर्दै चौथो स्थानमा रहेको छ ।