पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा अजन्था मेन्डिस नियुक्त

  • Image नेप्लेज
  • ३ श्रावण २०८३, आइतवार
  • 841 पटक हेरिएको
पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा अजन्था मेन्डिस नियुक्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

फ्रेन्चाइजले आइतबार मेन्डिसको नियुक्तिको औपचारिक घोषणा गर्दै आगामी सिजनको तयारीअन्तर्गत टोलीको प्राविधिक संरचना सुदृढ बनाउन उनलाई जिम्मेवारी दिइएको जनाएको छ ।

श्रीलंकाका सफल स्पिनरमध्ये एक मानिने मेन्डिसले अन्तर्राष्ट्रिय क्रिकेटमा तीनै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् ।

सन् २००८ को एसिया कपमा उनी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए ।


#एनपीएल