जेठ २३ गतेदेखि खुला जुडो

  • Image नेप्लेज
  • २९ वैशाख २०८३, मङ्गलवार
  • 3128 पटक हेरिएको
जेठ २३ गतेदेखि खुला जुडो

काठमाडौं। च्याम्पियन्स जुडो एकेडेमीको आयोजनामा दाेस्राे खुला जुडो प्रतियोगिता जेठ २३ गते हुने भएको छ।

प्रतियोगितामा पुरुष÷महिलामा समान २–२ गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक एकेडेमीका निर्देशक सरोज महर्जनले जनाएका छन्। पुरुषमा ७३ केजीमुनि र १०० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ। महिलामा ५७ केजीमुनि र ७८ केजीमुनि खेल हुनेछ।

हरेक स्पर्धामा पहिलो हुनेले ५ हजार, दोश्रोले ३ हजार र तेश्रोले २ हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ। प्रतियोगितामा विदेशी खेलाडी सहभागिताका लागि पनि पहल भइरहेको निर्देशक महर्जनले जानकारी गराए।

एकदिने प्रतियोगिताका खेलहरु खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) को हलमा खेलाइने छ।