गछिया युवा समाज च्याम्पियन

  • Image नेप्लेज
  • ८ वैशाख २०८३, मङ्गलवार
  • 1268 पटक हेरिएको
गछिया युवा समाज च्याम्पियन

काठमाडाैं। गछिया युवा समाजले १६औं संस्करणको इटहरी गोल्डकपको उपाधि जितेको छ।

इटहरी रंगशालामा सोमबार सम्पन्न रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै गछियाले उपाधि जितेको हो।

गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे। उनले खेलको ८७ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो। रामवाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो। उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे।

उनी फाइनल खेलको  ‘प्लेयर अफ दी’ म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए। प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख रुपैयाँ र उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँमा चिक्त बुझायो। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए।

उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए। प्लानिङका निग्मा घिसिङ उत्कृष्ट डिफेन्डर, प्रतापसिंह राई मिडफिल्डर घोषित भए। गछियाका विशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरुले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए बापत नगद २५ हजार रुपैयाँ पुरस्कार पाए। राष्ट्रिय जागृती क्लबका युजन राई उदयमान खेलाडी बने। उनले ३२ इञ्चको एलइडी टिभी पुरस्कार पाए।