सशिन र सुमनको जोडीद्वारा उपाधि रक्षा

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०८-०४
  • |
  • 172 पटक हेरिएको

नागबहालका सशिन डङ्गोल र सुमन शाक्यको जोडी पाटनमा जारी १५ औं यल कपको पुरुष युगल तर्फ उपाधी रक्षा गर्न सफल भएका छन् । डङ्गोल र शाक्यको जोडीले सेमिफाईनलमा ओकुबहालका दिपेश शाक्य र निशेष शाक्यको जोडीलाई २१–१२, २२–२० ले पराजित गर्दै उपाधी रक्षा गरेका हुन् ।

यस्तै सशिनले सुधा शाक्य संग मिलेर मिक्स युगल तर्फको उपाधी पनि जितेका छन् । उक्त जोडीले नागबहालकै सुमन शाक्य र लस्ता शाक्यको जोडीलाई १७–२१, २१–१२, २१–१४ ले पराजित गर्दै दोहोरो उपाधीको आनन्द लिएका हुन् ।

पुरुष युगल तर्फ प्रयाग पोखरीका सुनिल बाराही र पुजन चित्रकारको जोडी तथा दथुँलका राजु बज्राचार्य र सुमित महर्जनको जोडी संयुक्त तेश्रो भए ।

पुरुष युगल तर्फका बिजेताले नगद ५० हजार उपबिजेतले नगद २५ हजार र तेश्रो स्थानकाले नगद १० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । यस्तै मिक्स युगल तर्फका बिजेता, उपबिजेता र सेमिफाइनलिस्टले क्रमश नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको मास्टर ४५ बर्ष माथि भिन्छेबहालका अनिल बज्राचार्य र सुगत रत्न शाक्यको जोडीले भिन्छेबहालकै शान्त रत्न बज्राचार्य र राजभाई बज्राचार्यको जोडीलाई २१–१७, २१–१७ को समान अन्तरले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाएका हुन् । पिन्छेंका राजेश महर्जन र राजु महर्जनको जोडी तथा ओकुबहालका शान्ता डङ्गोल र स्वदेश शाक्यको जोडी संयुक्त तेश्रो भए । बिजयी खेलाडीले नगद २० हजार, उपबिजयीले नगद १० हजार र तृतीय स्थान प्राप्त गर्नेले नगद ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

महिला एकल तर्फ चिकुबहालकी टिशा रानी शाक्यले भिन्छेबहालकी कृष्मा बज्राचार्यलाई २१–९, २१–८ ले पराजित गर्दै उपाधी जितिन् । तेश्रो स्थानमा नागबहालकी सुधा शाक्य र लस्ता शाक्य रहे । शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश १५ हजार, १० हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

ब्वाईज यु १५ तर्फ नागबहालका सबिन शाक्यले उपाधी उचाले । उनले ओकुबहालका आरभ शाक्यलाई २१–१५, १४–२१, २१–१७ ले पराजित गरेका हुन् । तेश्रो स्थानमा भिन्छेबहालका रोनिश बज्राचार्य र  कोन्टीका बिषेक खड्गी रहे । शिर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश नगद २५ हजार, १५ हजार र ५ हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यसका साथै पाँच स्पर्धामा तीन स्पर्धामा जित निकाल्दै टिम च्याम्पियनका साथ नागबहालले रनिङ्ग ट्रफी हात पा¥यो । नागबहालको यो लगातार तीन पटक टिम च्याम्पियन जित हो । नागबहालले रनिङ्ग ट्रफीमा आफ्नो अधिकार जमाएको छ ।

बिजयी खेलाडीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनल लगायतकाले ट्रफी, मेडल र नगद पुरस्कार वितरण गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal