हिसान तार्केश्वर फुटसल भोलिदेखि
-
नेप्लेज
- |
- २०८२-०८-०४
- |
- 194 पटक हेरिएको
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपालको काठमाडौं जिल्लाअन्तर्गत तार्केश्वर हिसानको आयोजनामा तेश्रो हिसान तार्केश्वर फुटसल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ब्वाइजमा ८ तथा गल्र्समा ७ गरी १५ टिमको सहभागिता रहने तार्केश्वर हिसानका अध्यक्ष लिलबहादुर पुनले पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै विधामा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक एवं तार्केश्वर हिसानका सह–सचिव बद्रीनाथ भट्टले जानकारी गराए ।
‘सर्वाङ्गीन विकासको एउटा पक्ष : खेलकुद’ भन्ने नारासाथ हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु शेषमतीस्थित सेक्रेड हार्ट स्कुलमा खेलाइने छ । पत्रकार सम्मेलनमा तार्केश्वर हिसानका सचिव कमलप्रसाद ज्ञवाली र तार्केश्वर हिसानका इसीए इन्चार्ज समेत रहेका सह–कोषाध्यक्ष राजेश रायमाझीले विद्यार्थीको चौतर्फी विकासका लागि तार्केश्वर हिसानले शिक्षासंगै खेलकुद र अन्य अत्तिरिक्त क्रियाकलापमा जोड दिइरहेको धारणा व्यक्त गरे ।